के कुलमानले चुनाव लडे ७७ जिल्लाको जुनसुकै ठाउँबाट जित्न सक्छन् त ?

siddhartha wheel mart

काठमाडौँ : वरिष्ठ हाँस्यकलाकार मदन किष्ण श्रेष्ठले ४ वर्षे कार्यकाल सकाएर बिदा भएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्त गरे सरकारलाई नौ लाभ हुने बताएका छन्।

कुलमानको पक्षमा सर्वत्र आवाज उठिरहेका बेला कलाकार श्रेष्ठले कुलमानको पक्षमा सारा नेपाली रहेको र जनादेशलाई सम्मान कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्नियुक्त गर्नु सरकारकै लागि लाभकर हुने बताएका

aawash steels

हिमाल देखि तराई, मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि कुलमानले जित्ने श्रेष्ठ बताउँछन्।

“एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिङ्गो मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली, हिमालदेखि तराईका सतहत्तरै जिल्लाका साँढे ३ करोड जनताका आत्मादेखि रुचाइएको श्री कूलमान घिसिङ नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि

super kinetic courier

पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चीत देखिन्छ।”,श्रेष्ठ फेसबुकमा लेख्छन्। सम्पूर्ण नेपालीको मन जितेका व्यक्तिलाई हटाउँदा सम्पूर्ण नेपालीको मन दुख्ने उनको भनाई छ। जनादेशलाई सम्मान गरेर जनताको मन जित्नु स्वविवेकी हुने उनी बताउँछन्।

आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन। लौ है, आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।”,श्रेष्ठले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…