दसैँको मुखमा महँगीको मार : खाने तेल, दाल र गेडागुडीको मू्ल्य वृद्धि

siddhartha wheel mart

२३ असोज, काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ ।

दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

aawash steels

लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा व्यपार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए । ‘दशैं लागे पनि ब्यापार छैन तर होलसेलले मूल्य बढाएका छन् हामी पनि मारमा परेका छौँ,’ महासचिव तुलाधरले भने ।

लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको खुद्रा ब्यापारी ध्रुव अधिकारीले बताए । पहिले एक लिटर तेलका लागि १५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १६३ रुपैयाँ नघाएको उनको भनाइ छ । यस अघि २५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २६५ सम्म पुर्‍याइएको संघले जनाएको छ ।

super kinetic courier

तेलको प्याकेटमा एमआरपी २७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ पनि दसैँको पूर्वसन्ध्यामा लिटरमै पाँच रुपैयाँ बढेको छ ।

मासको कालो दाल प्रतिकिलो १३५ बाट बढेर १४५ रुपैयाँ पुगेको छ । यस्तै मुसुराको रातो दाल किलो मै १० रुपैयाँले बढेको खुद्रा व्यपारीहरुले बताएका छन् । केही समयअघि एक सय २२ रुपैयाँमा पाइने उक्त दालको प्रतिकलो मूल्य १२२ रुपैयाँ पुगेको छ ।

विज्ञापनका लागि सम्पर्क : 9867250773 , 9816447288 | Email : ajakonepal1@gmail.com

फ्याक्ट्रीमा ६ महिना अगाडि बनेको उत्पादनमा धेरै अधिकतम् खुद्रा मूल्य राखेर पछि बिस्तारै होलसेलले मूल्य बढाउँदै लगेको साना व्यवसायीहरु बताउँछन् ।

तर नेपाल तेल, दाल, चामल संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । ‘तेल, दाल, गेडागुडीको मूल्य केही बढेकै हो तर चामलको मूल्य भने घटेको छ,’ संघका अध्यक्ष सुबोध गुप्ताले भने ।

नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा परेको अरि नेपालमा देखिएको संघले जनाएको छ । पहिले १५ सय बोरामा बिक्री हुने चामलको भाउ भने १३ सयमा झरेको अध्यक्ष गुप्ताले बताए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…