रौतहटमा युवतीको मृत्युपछि प्रेमीको घरमा शव फेला !

siddhartha wheel mart

२२ असोज, रौतहट । रौतहटमा बुधवार साँझ शंकास्पद मृत्यु भएको युवतीको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ । युवतीको मृत्युपछि प्रहरीले उनका काका र काकीलाई नियन्त्रणमा लिएको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौना टोल बस्ने लाल महम्मद धुनियाकीे १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधबार साँझ फेला परेको थियो ।

aawash steels

युवतीको स्थानीय जुनैद कवारीसँग प्रेम सम्बन्ध रहेको र युवतीको परिवारलाई सो सम्बन्ध स्वीकार्य नभएको कारण दुवै परिवारमा पटक पटक विवादसमेत भएको प्रहरीले जनाएको छ । मृतक रोबिना र जुनैदले पारिवारिक अवरोधका बीच पनि प्रेम सम्बन्धलाई निरन्तरता दिइरहेको थिए ।

परिवारजनका सदस्यहरुले युवतीको शव बोकेर युवकको घरमा पुर्‍याउँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए । युवतीको शव युवकको घरमा राखेर फसाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी श्रेष्ठले बताए ।

super kinetic courier

युवतीका काकाहरु फुल महम्मद, लाल महम्मद, नसरुद्धिन मन्सुरी, काकी सहनाज मन्सुरीले शवलाई बोकेर जुनैद कवारीको घरमा लगेर राखेका थिए । जुनैदको घरका सदस्य बाहिर रहेको बेला युवतीका परिवारजनले शव जुनैद कवारीको भाउजु बस्ने कोठामा राखेको प्रहरीले जनाएको छ ।

मृतक युवतीको घाँटीमा डोरीको जस्तो डोब देखिएपछि हत्या वा आत्महत्या के हो भन्ने खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए । अनुसन्धानका क्रममा मृतक युवतीका काका फुल महम्मद मन्सुरी र काकी सहनाज मन्सुरीलाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…