महिलालाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्ने पक्राउ

siddhartha wheel mart

२३ असोज, जनकपुरधाम । सिराहामा महिलालाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्नेमध्येका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बोक्सीको आरोपमा गत भदौ २७ गते नवराजपुर गाउँपालिका-५ बस्ने रामनारायण यादवकी पत्नी मूर्तिदेवीमाथि कुटपिट भएको थियो । कुटपिटबाट मूर्तिदेवीको दुई वटा दाँत भाँचिएको थियो ।

aawash steels

मूर्तीदेवीलाई स्थानीय धर्मनाथ यादवको घरमा बोलाएर कुटपिट गर्नेमध्येका सोही ठाउँ बस्ने सन्तोष यादव पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले यादवलाई नेपाल–भारत सीमा क्षेत्र नजिक ठाडीबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

super kinetic courier

मूर्तिदेवीलाई कृष्ण यादव, धर्मनाथ यादव, सन्तोष यादवसहित ८ जनाले बोक्सीको आरोपमा भदौ २७ गते राति ११ बजे मरणोसन्न हुनेगरी कुटपिट गरेकाे पीडितको आरोप छ । कुटपिट गरेर फरार भएका अन्यको खोजी भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीको अनुसार पीडित पक्षको उजुरीको आधारमा ८ जनाविरुद्ध बोक्सीको आरोप सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…