नेपालका ७५ सय सार्वजनिक स्थलमा फेसबुकले थाल्यो फ्रि–वाइफाइ सेवा

siddhartha wheel mart

२३ असोज, काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो ।बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको छ ।

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ । सस्तो, भरपर्दाे र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गर्न दुई कम्पनीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

aawash steels

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधासहित आवश्यक उपकरण उपलब्ध गराउनेछ ।अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक-पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

वर्ल्डलिंकका सीईओ केशव नेपालले फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने बताए । कम्पनीले  हाल देशभर १० हजार स्थानमा सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ ।यस्ता वाईफाइमा केवाईसी अनिवार्य भने छ । कम्पनीले यो परियोजनालाई सामाजिक उत्तरदायित्व अन्तरगत राखेर प्रवर्द्धन गरिरहेको छ ।अब यस्ता सार्वजनिक वाइफाइ स्पटमा एकपटक कनेक्ट भएपछि अन्य स्थानमा वाइफाइमा स्वतः कनेक्ट हुने गरी सेवा विस्तार भएको छ ।

super kinetic courier

यस्तो वाइफाइमा जोडिन आफ्नो मोबाइल नम्बर राख्नुपर्छ । मोबाइलमा कोड आएपछि त्यसबाट सेवामा दर्ता हुन सकिन्छ । लोकल नम्बर नभए ह्वाट्सएप नम्बर पनि प्रयोग गर्न सकिने छ ।कम्पनीले देशका ३० हजार ठाउँमा यस्तो सेवा विस्तार गर्ने लक्ष्य पनि राखेको छ । अब ग्रामीण भेगलाई प्राथमिकतामा राख्ने योजना छ ।फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले फोरजी नेटवर्कमा यस्ता सेवाले चाप घटाउने बताए । उच्च गतिको इन्टरनेट सेवका पाउन एक्सप्रेस वाइफाइले सघाउने उनको भनाइ छ । यो सेवाका लागि फेसबुकले वर्ल्ड लिंकलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ ।

वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सुरुआतबाटै कम्पनीले जनतालाई अनेकन किसिमबाट स्तरीय सुविधा दिन खोजको बताए । सरकारले आईएसपीलाई छुट्याएको फि्रक्वेन्सी उपलब्ध गराए कम्पनीले डाटा सेवा पनि थाल्ने बताए ।

अब फेसकुकको सफ्टवेयर सिस्टमबाट सार्वजनिक वाइफाइ सेवा अझ प्रभावकारी बन्ने उनको दावी छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…