चेन्नाईलाई १० रनले हराउदै कोलकाता विजयी

siddhartha wheel mart

२२ असोज, काठमाडौं । ओपनर राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ ।

आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो ।

aawash steels

कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । तर आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन् । चेन्नाईको सुरुवात राम्रो थियो । उसले १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो ।

super kinetic courier

चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए । तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाए । धेरै रन बटुल्न आवश्यक परेको बेला केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके । उनले खाता नै छैठौं बलमा खोलेका थिए ।

अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन बनाए । रविन्द्र जडेजा २१ रनमा नटआउट रहे ।

यसअघि अबुधाबीमा पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनाएको थियो । उसको एकमात्र विकेट अन्तिम बलमा गुमेको थियो ।

कोलकाताका ओपनर राहुल त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन् । प्याट कमिन्सनले नटआउट १७ रन बनाए । सुनिल नरेनले पनि १७ रन नै बनाए । कप्तान दिनेश कार्तिक, इयान मोर्गान र आन्द्रे रसेलले कुनै कमाल देखाउन सकेनन् ।

चेन्नाईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए । साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए । दीपक शर्मा चेन्नाईका सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ४७ रन खर्चिए ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…