परीक्षा सञ्चालन गर्ने विषयमा सरकारको यस्तो स्वीकृति

siddhartha wheel mart

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो।  

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालीम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७५ संशोधन गर्ने तथा मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयबाट स्थगन भएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रियालाई सञ्चालन गर्ने स्वीकृति दिने निर्णय गरेको छ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल: फागुन २२

२०७७ फागुन २२ गते, शनिवार, ६ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, अष्टमी तिथि, ज्येष्ठा नक्षत्र, चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु,…

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…