राष्ट्र बैंकले यसपालि दशैंमा नोट सटहीको जिम्मा बैंकहरुलाई दिने

काठमाडौं, २० असोज । कोरोना भाइरसको संक्रमणका कारण यसपालीको दशैंमा लाईन बसेर नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा केन्द्रीय कार्यालय, मुद्रा व्यवस्थापन विभाग थापाथली तथा राष्ट्र बैंक अन्तर्गतका उपत्यका बाहिरका शाखाहरुबाट नयाँ नोट सटहीको व्यवस्था गर्ने गर्थ्याे  । तर यसपाली भने कोरोना संक्रमणका कारण नयाँ नोट सटहीको जिम्मा बैंकलाई दिने भएको छ । ‘लाइन लगाएर नयाँ नोट साट्ने अवस्था छैन, त्यसैले बैंकहरुलाई जिम्मा दिने सोचमा छौँ ।’ राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले भने । तर बैंकहरुले पनि लाईनमा बसेर नयाँ नोट सटही गर्न भने पाउने छैनन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउने छ ।

सर्वसाधारणले आफ्नो खाता रहेको बैंकबाट आवश्यकता अनुसार नयाँ नोट सटही गर्न सक्नेछन् । त्यसका साथै एटिएममार्फत पनि नयाँ नोट झिक्न सक्ने प्रवक्ता भट्टले बताए ।

राष्ट्र बैंकले हरेक वर्षको दशैंमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको छ । राष्ट्र बैंकले आवश्यकता अनुसार नयाँ नोटको निष्काशन गरिरहने गर्छ । साथै आश्यकता अनुसार बजारमा पठाउने गर्छ । अरु समयका तुलनामा दशैंमा नयाँ नोटको माग केही बढी नै हुने गर्छ । राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट तयारी अवस्थामा राखेको छ । साट्न पाउने निर्णय भएसँगै वितरण गरिने जनाएको छ । राष्ट्र बैंकले गत वर्षबाटै दशैं बाहेक अन्य राष्ट्रिय चार्डहरु जस्तै, तिहार, नयाँ वर्ष, जनैपूर्णिमा, फागू पूर्णिमा, ल्होछार, गाईजात्रा, गौरा पर्व, तीज, उभौली, छठ, जितिया पर्व, माघी लगायतका राष्ट्रिय वर्षहरुमा नयाँ नोट सटही गर्ने व्यवस्था गरेको छ । गत वर्षको दशैंमा राष्ट्र बैंकले ६० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट सटही गरेको थियो ।

राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० का एक–एक बण्डलका दरले १८ हजार ५ सय रुपैयाँसम्म वितरण गर्दै आएको छ । त्यसभन्दा बढी आवश्यकता परे कारण खुलाएर राष्ट्र बैंकसँग माग गरे प्राप्त गर्न सकिन्छ । राष्ट्र बैंकले हरेक वर्षको दशैंमा आफू अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग थापाथली , नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुर लगायतका शाखा कार्यालयबाट नोट साट्ने व्यवस्था मिलाउँदै आएको छ । काठमाडौंमा राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखामार्फत तथा केही नीजि बैंकहरुले पनि नयाँ नोट सटही गर्दै आएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…