२० असोज, चितवन । पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ ।
कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सघन उपचार कक्षमा उपचाररत ती वृद्धको मृत्यु भएको पुष्टि गरे ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ उनी यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।
