आईपीएल : दिल्लीले बैंगलोरलाई ५९ रनले हरायो

siddhartha wheel mart

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

aawash steels

दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

super kinetic courier

मार्कस स्टोइनिस टप स्कोरर रहे । २६ बल सामना गरेका उनले नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे…

काठमाडौं,फाल्गुन २१ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सम्झौता भएको छ। यससँगै तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार प्रधानमन्त्री केपी…

कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण जनावरमा देखिन सुरु

२१ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा…

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…

सरकारसँग सहमति भएपछि नेेेेेेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक

काठमाडौं,फाल्गुन २१ । सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्। आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै…