प्रदेश न. ५ को राजधानीको विषयमा २ मत

गुल्मी, १९ असोज । प्रदेश ५ सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव अगाडि सारेपछि कपिलवस्तुदेखि पश्चिम बर्दिया र रुकुम रोल्पा सम्मका जनतामा खुशीयाली छाएको छ । प्रदेश ५ का विभिन्न जिल्लामा भौगोलिक रुपमा राजधानी सम्बन्धी प्रस्तावको समर्थन र विरोध देखिएको छ ।

गुल्मीका बासिन्दामा भने बुटवलबाट दाङ राजधानी राजधानी सार्ने विषयमा मिश्रित प्रतिक्रिया पाइएको छ । कोही बुटवल नै राजधानी भइदिए हुन्थ्यो भन्नेमा छन् भने कोही दाङ राजधानी भए पनि फरक नपर्ने प्रतिक्रिया दिन्छन् ।
गुल्मीको ईस्मा गाउँपालिका–४, दोहली कुभिन्डे घर भएका चन्द्रबहादुर महत नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुन् । सरकार प्रमुख पनि हुन् । उनले बुटवल नै राजधानी बनाईनु पर्ने अभिमत जाहेर गरे ।

उनले भने, ‘हाम्रो पार्टीले सुरुदेखि नै प्रदेशको नाम लुम्बिनी र राजधानी बुटवललाई बनाउनुपर्ने माग गर्दै आएको छ । बुटवल हाम्रो पहिल्यैदेखिको ब्यापारिक केन्द्र भएको शहर हो । त्यसमाथि गौतम बुद्धको जन्मथलो भएका कारण बुटवल नै राजधानी बनाइनु पर्दछ ।’

गुल्मीको अमरपुर घर भई लामो समयदेखि सदरमुकाम तम्घासमा बसेर समाज सेवामा क्रियाशील कमला बराल दलित महिला संघ गुल्मीकी अध्यक्ष हुन् । उनले सबैलाई पायक पर्ने ठाउँमा प्रदेशको राजधानी बनाउँदा उचित हुने अभिमत जाहेर गरिन् ।

कुनै स्थान विशेषको पक्ष वा विपक्षमा आफूलाई नउभ्याइकन उनले भनिन्, ‘सबैलाई पायक पर्ने र सहज हुने ठाउँमा प्रदेशको राजधानी बनाईनु पर्दछ । हामी गुल्मेलीहरुलाई पायक पर्ने वा हाम्रो स्वार्थलाई मात्र हेरेर भएन । सबैलाई जहाँ पायक पर्छ त्यहीँ राजधानी बनाउनु पर्छ ।’

अर्घाखाँची घर भई लामो समय देखि गुल्मीको सदरमुकाम तम्घासलाई कार्य क्षेत्र बनाउँदै आएका चिरन्जिवी शर्मा पेशाले कानुन व्यवसायी हुन् । उनले बुटवल नै राजधानी हुनु पर्ने अभिमत जाहेर गरे ।
‘सबैखाले भौतिक संरचना भएको ठाउँ बुटवल भएकोले त्यहीँ नै राजधानी राख्नु उचित हुन्छ,’ उनले भने ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ घर भएका भरत भण्डारी नेकपाका युवा कार्यकर्ता हुन् । उनले दाङ राजधानीका लागि उपयुक्त थलो भएको बताए । उनले भने, ‘सरकारले दाङको भालुवाङमा राजधानी बनाउने जुन प्रस्ताव ल्याएको छ, त्यो एकदमै उपयुक्त छ ।’

गुल्मीको चन्द्रकोट गाउँपालिका घर भएका घनश्याम खरेल नेकपा जिल्ला सदस्य र विद्यार्थी नेता हुन् । उनले दाङमा राजधानी तोक्नु वैज्ञानिक र दुरदर्शी निर्णय भएको जिकिर गरे ।
उनले भने, ‘गुल्मी र पाल्पाबाहेक १० जिल्लालाई पायक पर्ने जिल्ला हो दाङ ।’ प्रदेश ५ का सबै स्थानको विकास र सबै ठाउँका जनताको समृद्धि चाहने हो भने दाङको भालुवाङ राजधानीका लागि उपयुक्त रहेको उनको भनाइ छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…