काठमाडौं, १९ असोज ।नेपाली बजारमा सुनको मूल्यमा सोमवार सामान्य गिरावट आएको छ ।
आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोवार भएको छापवाल सुन सोमवार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुन भने तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, यस्तै सोमवार चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतवार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा कारोवार भएको महासंघको भनाइ छ ।