कोरोना कहर: नेपालको ३ जिल्ला कोरोना संक्रमण मुक्त, हालसम्मको संक्रमित संख्या चीनको भन्दा बढी पुग्यो

siddhartha wheel mart

काठमाडौं, १८ असोज । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ३ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त ३ जिल्लाहरु

aawash steels

मनाङ
मुस्ताङ
डोल्पा
बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो । नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

super kinetic courier

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो ।

हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…