छाती दुख्ने समस्या निको हुने सजिलो घरेलु उपाय

siddhartha wheel mart

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ । यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ । कहिलेकाहीँ धेरै शारीरिक श्रम गरेको बेला, पेट गडबड भएको बेला, अपचमा पनि छाती दुख्छ ।

छातीको दुखाईमा एक मात्र कारण हुँदैन । अनेक कारणले यस्तो समस्या देखापर्छ । त्यसैले कारण थाहा नभएसम्म चिकित्सकको परामर्श लिनु नै उचित हुनेछ । यद्यपि सामान्य अवस्थामा भने घरेलु ओखतीबाट पनि केही राहत पाउन सकिन्छ ।

aawash steels

लसुन

विभिन्न प्रकारका औषधिय गुणले भरिपूर्ण लसुनको सेवनले मुटु सम्बन्धि रोग लाग्नबाट बचाउँछ । र, हृदयमा प्रभावकारी रुपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी, मुटुमा रक्तसञ्चार राम्ररी नभएमा कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्ने गर्छ, जसका कारण छाती दुख्ने गर्छ । एक कप तातो पानीमा एक चम्चा लसुनको रस वा खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेर छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

super kinetic courier

घिउकुमारी जुस   

घिउकुमारीमा विभिन्न औषधिय गुण हुन्छ । यसमा रहेको तत्वले कार्डियो भास्कुलर सिस्टम बलियो बनाउन, राम्रो कोलेस्ट्रोरलाई नियन्त्रण गर्न तथा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

त्यसैले, एक चौथाई कप घिउकुमारी जुसको सेवनले नियमित रुपमा गरेको अवस्थामा छाती दुख्ने समस्यामा कम हुने गर्छ ।

भिटामिन

विभिन्न अध्ययनहरुले जनाए अनुसार शरीरमा भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ को कमी भएमा छाती दुख्नुका साथै हृदयाघात हुनसक्छ ।  त्यसैले, छाती दुख्ने समस्या भएमा चिकित्सकहरु भिटामिन ‘डी’ तथा  भिटामिन ‘बी १२’ले भरिपूर्ण आहारको सेवन गर्न सल्लाह दिने गर्दछन् । भिटामिन ‘डी’ तथा भिटामिन ‘बी १२’ माछा, पनीर, अण्डा, सोया तथा मासु लगायतको खानेकुराबाट पाउन सकिन्छ ।

तातो पेय पदार्थ

अपच वा एसिडिटीका कारण छाती दुख्ने समस्या भएमा तातो पानी राम्रो विकल्प हुनसक्छ । एक गिलास तातो पानीको सेवन वा हर्बल टीको सेवनले पेटको सुजन कम गर्नुका साथै पाचन तन्त्रमा आराम दिलाउँछ । र, छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

दुध बेसार

वेसारमा भरपूर मात्रामा करक्यूमिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रोल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्धत गर्छ । त्यसबाहेक पनि करक्यूमिनमा सुन्निने समस्या कम गर्ने तत्व हुन्छ,  जसले छाती दुख्ने समस्या तुरुन्तै कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दुधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाई कम हुने गर्छ । त्यसको लागि बेसार हालेको दुध रातीमा सुत्नु अघि पिउन सकिन्छ ।

तुलसी

तुलसीमा भरपूर मात्रामा भिटामिन ‘के’ तथा म्याग्नेसियम पाइन्छ ।  म्याग्नेशियमले मुटको रक्त प्रवाह बढाउनुका साथै रक्त वाहिकालाई आराम दिलान मद्दत गर्छ । जबकी भिटामिन ‘के’ ले रक्त वाहिकाको भित्तामा कोलेस्ट्रोल निर्माण हुनबाट रोक्छ । यसले हृदय सम्बन्धि रक्त विकार कम गर्नुका साथै छातीको दुखाई कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठ देखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ । यसबाहेक, एक चम्चा तुलसीको रसमा मह मिसाएर पिएमा पनि छाती दुख्ने समस्या तुरुन्तै कम गर्न सकिन्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…