दाङलाई प्रदेश राजधानी तोक्ने निर्णय विरुद्ध तिलोतमा काङ्ग्रेसले गर्यो चक्काजाम (भिडियो सामग्री सहित)

siddhartha wheel mart

बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेश संसदमा पेस गरेको विरोधमा काङ्ग्रेस तिलोतमाले १ घन्टा चक्काजाम सहित विरोध गरेको छ।

शनिबार साझ ५ बजे देखि करिब करिब पौने सात बजेसम्म तिलोतमा नगरपालिका स्थित मणिग्राम चोकमा काङ्ग्रेस निकट तरुण दल र नेविसंघका कार्यकर्ताले नारा जुलुस गर्दै टायर बालेर सडक अबरुद्ध गरेका थिए।

aawash steels

यसै विच आन्दोलनलाई सम्बोधन गर्दै काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डेले नेकपा सरकारले रुपन्देहीबाट प्रदेश राजधानी सार्न खोजेर जनताको भावना विपरीतको काम गरेको बताए। आन्दोलनलाई काङ्ग्रेस निकट भातृ संगठनका नेताहरुले पनि सम्बोधन गरेका थिए।

यस्तै प्रदेश ५ को स्थाइ राजधानी दाङको भालुवाङमा सार्ने निणयको विरोधमा काङ्ग्रेस लगाएत अन्य विभिन्न पेशागत संघसंगठनहरुले आइतबार रुपन्देही लगाएत प्रदेशका विभिन्न ६ जिल्ला बन्दको आव्हान गरेका छन् ।

super kinetic courier

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…