
असोज १७ , काठमाडौं–गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ३ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन्। संक्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ।