खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

धनगढी, १६ असोज – बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

हिमाली गाउँपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीया श्रीमती सत्ता नेपालीसहित उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, एक वर्षीया छोरी किस्मती र २ वर्षीया छोरा सम्मान बेपत्ता भएका हुन्।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताए।

सोही खोलामा झण्डै दुई महिना अगाडी पनि एक बालिका बगेर बेपत्ता भएकी थिइन्। सो खोलामा हरेक वर्ष ५/६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…