देशभर ४६ दशैंलक्षित सरकारी सहुलियत पसल खुले

१५ असोज, काठमाडौं । सरकारले सुरु गरेको सहुलियत पसलमा पहिलो दिन छिटफुट रुपमा ग्राहक आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय बिक्री केन्द्रले जनाएको छ । सहुलियत पसलको पहिलो दिन झण्डै तीन लाखको ब्यापार भएको बिक्री केन्द्रकी सदस्य सुशीला घिमिरेले बताइन् ।

सरकारले बिहिबारदेखि देशैभर दशैंलक्षित सहुलियत बजार सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयोजनमा दूग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने वस्तुसमेत राखेर देशभर ४६ भन्दा धेरै पसल सञ्चालनमा ल्याइएको छ ।

सहुलियत पसलमा, नुन, चिनी, घिउ, दाल, गेडागुडी गरी ११ प्रकारका वस्तु पाइन्छ । चामल, दाल, फापर, केराउमा प्रतिकिलो पाँच रुपैयाँ र सिमी र गेडागुडीमा १० रुपैयाँ छुट दिइएको छ । नुन प्रतिप्याकेट १८, चिनी प्रतिकिलो ७० र डीडीसीको घिउ एक लिटरको ८७० रुपैयाँमा पाइन्छ ।

काठमाडौं उपत्यकाको कालीमाटी, टेकु, सिंहदरबार, कोटेश्वर, थापाथली, सतुङ्गल, नख्खु प्रयाग पोखरी र भक्तपुरमा सहुलियत पसल सञ्चालन गरिएको छ । उपत्यकामा सहुलियत पसलको घुम्ती सेवा पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यपार कम्पनीको उपत्यकाबाहिरको सबै कार्यालयमाबाट पनि सहुलियत पसल सञ्चालन गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्यान्न अनलाइनको माध्यमबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । घटस्थापनाको केहीदिन पछि खसी बोका र च्याङ्ग्रा पनि किलोमा १० रुपैयाँ सहुलियतमा बिक्री गर्ने कम्पनीको तयारी छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…