पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा सं‌क्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।

आज कहाँ कति जना संक्रमित ?

संक्रमितमध्ये काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् ।

त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७/१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जनामा संक्रमण देखिएको छ ।

कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३/३ जना संक्रमित भेटिएका छन् ।

खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…