
बुटवल । आज बुटवलमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १ जनाको मृत्यु पछि मात्र संक्रमण पुष्टी भएको र अर्को एक जनाको उपचारको क्रममा मृत्यु भएको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
बुधबार दिउसो १ बजे श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका प्रादेशिक अस्पतालमा आएका कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार साझ ६ बजे मृत्यु भएको थियो । मृत्यु हुने अर्का एकजना बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुष हुन। उनको बुधबार राति मृत्यु भएको हो। असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए। यो संगै रुपन्देहीमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ।
बुटवल रुपन्देही जिल्लामा सबैभन्दा बढि संक्रमित भएको पालिका हो ।