बुटवल। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण देशभर ७ जनाको निधन भएको छ।
निधन हुनेमा पाच पुरुष र २ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
निधन हुनेमा काठमाडौं जिल्लाका दुई महिला र एक पुरुष गरी तीनजना छन् । त्यसैगरी सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीका एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या चार सय ९८ पुगेको छ ।