
काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो संगै कोरोना संक्रमण पुष्टी हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १० जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ७ सय १३ जनालाइ स्वास्थ्यलाब भएको छ। यो संगै कोरोना संक्रमण पुष्टी हुनेहरु मध्ये ५५ हजार ३७१ जना संक्रमणबाट निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।