विश्वभर कोरोना भाइरसबाट १० महिनामा १० लाखको मृत्यु

असोज १३ , काठमाडौँ | कोरोना भाइरस (कोभिड– १९) बाट विश्वभर मृत्यु हुनेको संख्या दश लाख नाघेको छ । चीनको वुहान सहरमा गत डिसेम्बर अन्तिममा पहिलोपटक देखिएको भाइरसले दश महिनाको अवधिमा दश लाख मानिसको ज्यान लिएको हो ।

यसमध्ये सबैभन्दा बढी मृत्यु हुनेको संख्या अमेरिकामा छ । अमेरिकामा मात्रै दुई लाखजनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । भाइरस संक्रमणबाट भारत र ब्राजिलमा गरी दुई लाखकै हारामारीमा मृत्यु भएको छ । भाइरस संक्रमण अझ तीव्र बनिरहेको अवस्थामा यो संख्या झनै उकालो लाग्ने देखिन्छ । 

जाडो याम नजिकिँदै गर्दा भाइरस संक्रमण अझ घातक बन्न सक्ने देखिएको छ । युरोपका प्रायः देशहरूमा फेरि संक्रमण संख्या बढ्न थालेपछि त्यसलाई रोक्ने प्रयासस्वरूप कतिपय ठाउँमा लकडाउनको घोषणा गरिएको छ ।

यो समस्याले विश्वभर बेरोजगार र गरिबीको संख्या अझ बढाउने आकलन गरिएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार एसिया र प्यासिफिकमा मात्रै थप ३८ मिलियन मान्छे यो वर्ष गरिबीको चपेटामा पर्ने जनाइएको छ ।

इटालीको फुटबल टोलीमा संक्रमण 
इटालीको गेनोवा फुटबल टोलीले खेलाडी र आफ्नो कर्मचारी गरी १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ । गत आइतबार गेनोवाले नेपलेससँग खेलेको थियो । नेपलेस इटालीमा धेरै संक्रमण भएको क्षेत्र हो । खेलाडी र टोलीका सदस्यलाई संक्रमण देखिएपछि गेनोवाको खेल आगामी खेल पछि सर्ने भएको छ ।

क्यानसिनो भ्यासिन बालबालिकामा परीक्षण गरिने
कोरोना भाइरसविरुद्धको भ्यासिन निर्माण गरिरहेको चीनको क्यानसिनो बायोलजिक्स इन्कले दोस्रो चरणको परीक्षण गर्दै छ । दोस्रो चरणको परीक्षणमा चार सय ८१ स्वयमंसेवी सहभागी हुँदै छन् । यसमा ६ देखि १८ वर्षसम्मका बालबालिका पनि सहभागी हुँदै छन् । यस्तै, ५६ वर्ष र योभन्दा बढी उमेरका व्यक्ति पनि परीक्षणमा सहभागी हुँदै छन् । यो कम्पनीले इबोलाविरुद्धको भ्यासिन पनि निर्माण गरेका थियो । उक्त भ्यासिनको परीक्षणमा सहभागी भएका व्यक्तिहरू पनि यो परीक्षणमा सहभागी हुँदै छन् ।

फिलिपिन्समा अनिच्छुक गर्भाधान बढ्यो
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण फिलिपिन्समा अनिच्छुक गर्भाधान बढेको देखिएको छ । यो वर्षको अन्त्यसम्म भाइरस संक्रमणका कारण लकडाउन जारी रहे फिलिपिन्समा अनिच्छुक गर्वाधान आधा वा २६ लाखले बढ्ने अनुमान संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले जनाएको छ । क्वारेन्टिन वासका कारणले फिलिपिन्समा महिना दिनमा ६० जना सुत्केरीको मृत्यु भएको पनि कोषले जनाएको छ ।

पछिल्लो सात हप्तामा दक्षिण कोरियामा घट्दो संक्रमण 
दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा ३८ नयाँ संक्रमण सार्वजनिक गरेको छ । यसको अघिल्लो दिन मात्रै ५० नयाँ संक्रमण देखिएको थियो । यो संख्या दक्षिण कोरियामा पछिल्लो सात सातायताकै कम भएको जनाइएको छ ।

मेक्सिकोमा मृत्यु हुनेको संख्या बढ्दो 
मेक्सिकोले तीन हजार चार सय नयाँ संक्रमण संख्या देखाएको छ । यससँगै देशमा संक्रमितको संख्या सात लाख ३३ हजार नाघेको छ । मेक्सिकोमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मेक्सिकोमा १७ हजारभन्दा बढीको मृत्यु भएको छ । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…