दशैंमा फेरी लकडाउन हुन्छ त ?

siddhartha wheel mart

१३ असोज, काठमाडौं । दशैं नजिकिँदै जाँदा अहिले शहरबजारमा भीडभाड अत्यधिक बढेको छ ।  भीड बढेसँगै कोरोना संक्रमित पनि बढेका छन् । मृतकहरु दिनहुँ थपिइरहेका छन् । उसोभए के दशैंमा साँच्चै लकडाउन हुन्छ त ? सम्भवतः यसको जवाफ सरकारसँगै छैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दशैंमा के गर्ने भन्ने विकल्प शायदै छ ।

दुई अनुत्तरित विचार समूह

aawash steels

कोरोना भाइरसबारे अहिले दुई किसिमका विचार समूहहरु देखिन्छन् :

एकथरि भन्छन्– यो कोरोना केही पनि हैन रहेछ । पचाउन सकिने रुघाजस्तै रहेछ । बेकारमा आत्तिने कामै छैन । दीर्घरोगीहरुले मात्रै सतर्क भए पुग्नेरहेछ । मास्क र स्यानिटाइजर लगाउने, आर्थिक क्रियाकलाप जारी राख्ने । जसलाई कोरोना लाग्छ, उसको उपचार गर्दै जाने । र, अरुले आफ्नो दैनिकी विगतको जस्तै जारी राख्ने । लकडाउन नगर्ने र अर्थतन्त्रलाई गिर्न नदिने ।

super kinetic courier

अर्काथरि भन्छन्– कोरोनासँग जिस्कन हुँदैन । किनभने, नेपालमा मृत्युदर पनि बढिरहेको छ । लक्षणसहितका संक्रमित पनि बढेका छन् । युवा र निरोगीहरु पनि मर्न थालेका छन् । भाइरस लोड पहिलेको भन्दा कडा देखा पर्दैछ । यो अझै ‘पिक’मा पुगिसकेको छैन । आगामी हिउँदमा नेपालको स्थिति इटालीको जस्तै बिकराल हुन सक्छ । त्यसैले फेरि लकडाउन गर्नुपर्ने हुन सक्छ ।

आखिर, यी दुईमध्ये कुनचाहिँ विचार सही हो ? कि दुवैको वीचमा कुनै तेस्रो परिभाषा छ ? यसबारेमा जनस्वास्थ्य विज्ञहरुले आम जनतामा जति स्पष्ट सूचना प्रवाह गर्नुपर्ने हो, त्यो हुन नसक्दा बुझाइमा एकरुपता आउन सकिरहेको छैन । नेपालका स्वास्थ्य विज्ञहरु नै दुई कित्तामा बाँडिएर दुईथरि तर्कना गरिरहेको अवस्था छ । आम मानिसको नजरले हेर्दा कोरोना केही होइन भनौं भने युवा र निरोगी मानिसहरु समेत मृत्युवरण गरिरहेका छन् । केही हो भनौं भने लकडाउन र निशोधाज्ञा गरेर कहिलेसम्म बस्ने ? कतिसम्म धान्ने ?

यही दोधारे अन्योलकै वीचमा अहिले नेपालमा लकडाउन र निषेधाज्ञा हटेको छ । र, दशैंको पूर्वसन्ध्यामा बजारमा एकाएक भिडभाड बढेको छ । दशैं लागिसकेपछि यो भीडभाड अझै बढ्नेवाला छ । अहिले अर्थतन्त्रको संकटले छुटकारा पाउन खोजे पनि स्वास्थ्य संकटचाहिँ झन् झन् बढ्दो छ ।

दशैं बहुसंख्यक नेपालीको अत्यधिक चहल–पहल हुने चाड हो । दशैंका बेला  अर्थतन्त्र चलायमान हुने भएकाले लकडाउन/निषेधाज्ञाबाट ओइलाएको आर्थिक गतिविधि जाग्न खोज्दैछ । अर्कोतर्फ कोरोना भाइरसले भीडभाड कम गर्न र सामाजिक दुरी कायम गर्न दबाव दिइरहेको छ । एकातर्फ दशैंको रौनक, अर्कोतर्फ कोरोनाको कहर । हामी यी दुई अन्तरविरोधी परिस्थितिको घर्षणमा पर्न थालेका छौं ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…