पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्नेलाई पक्राउ गर्न अनुसन्धान ब्युरोलाई पत्रचार

siddhartha wheel mart

एजेन्सी। उद्योग मन्त्रालयले पाई लगायतका पाँच वटा डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्रचार गरेको छ ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न भन्दै मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सीआईबीलाई पत्राचार गरेको हो ।

aawash steels

त्यस्ता नेटवर्कले गैरकानूनी रुपमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरिरहेको विभागले उल्लेख गरेकाे छ ।

पत्रमा यो विषयमा हाल अध्ययन भइरहेको र थप छानबिनका लागि कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन सीआईबिलाई आग्रह गरिएको छ । विभागले उनीहरुको नाम र फोन नम्बरसहित सीआईबिलाई पत्राचार गरेको छ ।

super kinetic courier

विभागले पठाएको पत्रमा वान कोइन डिजिटल करेन्सीका गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…