ला लिगाको नयाँ सिजनमा बार्सिलोनाको विजयी शुरुवात

असोज १२, नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो ।

खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले बार्सिलोनका लागि पेनाल्टी पनि जिते जसलाई कप्तान लियोनेल मेस्सीले गोलमा परिणत गरे ।  पहिलो हाफको अन्त्यमा मेस्सीको क्रसलाई पाउ टोरेसले आफ्नै पोष्टमा छिराउँदै आत्मघाती गोल गरे ।

मेस्सी १७ ला लिगाको सिजनमा गोल गर्ने छैटौँ खेलाडी बनेका छन् । शनिबार मात्र रियल म्याड्रिडका कप्तान सर्जियो रामोशले पनि उक्त उपलब्धि हासिल गरेका थिए ।

अन्य खेलमा लेभान्तेले ओसासुनालाई ३–१ ले हरायो भने एथ्लेटिक बिल्बाओले इबारलाई २–१ ले पराजित गर्यो । सेभियाले काडिजमाथि ३–१ को जीत हासिल गर्दा सेल्टाभिगो र रियल भालाडोलिडले बराबरी खेले ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…