गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

siddhartha wheel mart

असोज १२ , पोखराका २१ जनासहित गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।लमजुङमा १६ जना, नवलपुरमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ४४ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

aawash steels

उनका अनुसार आइतबार संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा ३ का २७ वर्षीय पुरुष र वडा नम्बर १५ का ३८ वर्षीय पुरुष गरी दुईजना नेपाल प्रहरीमा कार्यरत छन् । वडा नम्बर ३ का र अन्य सातजना तेर्सापट्टीमा निर्माणाधीन अपार्टमेन्टका लागि काम गर्ने कामदार हुन् । लमजुङको मध्यनेपालका ३५ वर्षीय पुरुष विद्यालयका शिक्षक हुन् । 

बाग्लुङका सबैजना भारतबाट र केही जापान, ओमान, दुबई, क्यानडाबाट आई क्वारेन्टिनमा बसेका छन् । अन्य सबै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार एक सय ४५ छ । निको हुनेको संख्या दुई हजार पाँच सय ६६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ३३ जनाले ज्यान गुमाएका छन् । 

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…