दीपिका, सारा, श्रद्धा र रकुलको मोबाइल फोन एनसीबीद्वारा जफत

बुटवल । नारकोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका ४ जना नायिकाको मोबाइल जफत गरेको छ । नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ ।

यी सबै बलिउडकर्मीसँग एनसीबीका पदाधिकारीले शुक्रबार र शनिबार सोधपुछ गरेका थिए । नायक सुशान्त सिंह राजपुतको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि बलिउडका केही कलाकार पनि कानुनी घेरामा आएका छन् ।

नायिका दीपिका पादुकोणले ड्रग्सको बिषयमा च्याटमा कुरा गरेपनि आफूले ड्रग्स भने सेवन नगरेको बताएकी थिइन् । यस्तै, नायिका साराअली खान, रकुल प्रित, श्रद्धा कपुरले पनि ड्रग्स सेवन नगरेको बताएका छन् ।

नायिका साराअली खानले आफूले सीबीडी ओइल मेडिकल प्रयोगका लागि अर्डर गरेको बताएकी थिइन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…