योग: मानसिक रुपमा स्वस्थ हुने कला

‘योग’ अर्थात् एक अथवा एकभन्दा बढी चिज एकदोस्रोमा समावेश हुनु, अथवा जोडिनु । योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । यसर्थ शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

योग स्वस्थ व्यक्तिका लागि जीवन पद्धति र योगीहरूका लागि साधनापद्धति हो । यस अर्थमा योग सबैका लागि हो । योगका विभिन्न फाइदाहरू हुन्छन् । त्यसमध्ये मुख्य फाइदाहरू तल उल्लेख गरिएको छ ।

–क्यान्सरको जोखिम कम गर्न,

–मानसिक स्वास्थ्यका लागि,

–तनाव कम गर्न,

–खानपानमा सुधारका लागि,

–शारीरिक लचकताका लागि,

योगका नियमहरू

यदि तपाईं उत्तम किसिमले योग गर्न चाहनुहुन्छ भने अवश्य पनि केही नियमको पालना गर्नैपर्छ ।

–कुनै पनि गुरुको निर्देशनमा योगको अभ्यास गर्नुहोस्

–सूर्याेदय वा सूर्यास्त समयमा योग गर्नुहोस्

–योग गर्नुभन्दा पहिले अनिवार्य नुहाउनुहोस्

–योग खाली पेटमा गरौं, योग गर्नुभन्दा कम्तीमा २ घण्टा पहिले खानेकुरा नखाऔं

–आरामदायक सूचीको कपडा पहिरिऔं

–तन जस्तै मन पनि स्वस्थ राखौं ।

–निरन्तर योग अभ्यास जारी राखौं ।

-योग गरेको ३० मिनेटसम्म केही पनि खानेकुरा नखाऔं

– प्राणायाम सधैंभरि आसन अभ्यासपछि मात्रै गरौं

– योगासनको अन्तमा सधैं शवासन गरौं

योगका प्रकार

योगको कुल ४ वटा प्रकार हुन्छ । ती निम्नानुसार छन् ।

राज योग

राजको अर्थ शाही हो र योगको यस शाखाको सबैभन्दा महत्वपूर्ण अंग हो, ध्यान । यस योगको आठ अंगहरू छन् । यही कारणले नै पतञ्जलिले यसको नाम नै अष्टांग योग राखेका छन् । यसलाई पतञ्जलिले योग सूत्रमा पनि उल्लेख गरेका छन् । यसका आठ अंगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि रहन्छन् । राज योग आत्मविवेक र ध्यान गर्नको लागि तयार व्यक्तिलाई आकर्षित गर्ने स्वभावको हुन्छ ।

कर्मयोग

अघिल्लो शाखा कर्म योग वा सेवाको मार्ग हो । हामीमध्ये कोही पनि यो मार्गबाट बच्न सक्दैनौं । कर्म योगको सिद्धान्त यो हो कि जो हामी अनुभव गर्नेगर्छाैं । त्यो हाम्रो कार्यद्वारा निर्देशित हुन्छ । यसका बारेमा जागरुक हुनुले हामी वर्तमान र भविष्यलाई राम्रो बाटोमा डोर्‍याउन सक्छौं । कर्म आत्मआरोही कार्यको मार्ग हो । जब हामी आफ्नो कर्ममा लीन हुन्छौं भने आफ्नो जीवन निस्वार्थ रूपले अर्काेको सेवामा समर्पित गर्छाैं । त्यसैलाई हामी कर्म योग भन्ने गर्छाैं ।

भक्ति योग

भक्ति योग भक्तिको मार्गको वर्णन हो । भक्ति योग सृष्टिमा परमात्मालाई देखेर भावनालाई नियन्त्रण गर्ने एक सकारात्मक तरिका हो । भक्तिको मार्गले हामी सबैको लागि स्वीकार्यता र सहिष्णुता पैदा गर्ने अवसर प्रदान गर्ने गर्छ ।

ज्ञान योग

यदि हामी भक्तिलाई मनको योग मान्छौं भने ज्ञान योगलाई बुद्धिको योग मान्ने गर्छाैं । ऋषि या विद्वानको मार्ग ज्ञान मार्ग हो । यस पथमा चल्नको लागि योगलाई ग्रन्थ र ग्रन्थ अध्ययनको माध्यमबाट बुद्धि विकासको आवश्यकताका रूपमा मान्ने गरिन्छ । ज्ञान योगलाई सबैभन्दा कठिन मार्ग पनि मान्ने गरिन्छ । साथै, यो सबैभन्दा प्रत्यक्ष मार्ग पनि हो ।

योग गर्ने सही समय के हो ?

योग गर्नको यही समय भनेर तोकिएको हुँदैन । यदि दिनको कुनै पनि समय आफूलाई फुर्सद मिल्छ त्यही समयमा योग गर्न सकिन्छ । सकेसम्म बिहान र साँझको समय योगको लागि उपयुक्त मान्ने गरिए पनि जुनसुकै समयमा पनि योग गर्न भने सकिन्छ । हामी कुनै पनि ठाउँमा रहेको खाली जग्गामा योग गर्न सक्छौं । तर कुरा यति हो कि हामी जहाँ भए पनि खुलेर सास लिन सक्ने ठाउँ चाहिन्छ ।

योगाभ्यासको समयमा सही मानसिक स्थिति के हो ?

हामी जुन आसनमा योग गरिरहेका छौं, त्यसमा गहिरो रूपले ध्यान दिनु आवश्यक छ । शरीरको जुन अंगमा सो आसनको सबैभन्दा धेरै प्रभाव पर्छ, सोही हाम्रो एकाग्रता केन्द्रित गर्नको लागि प्रयोग गरौं ।

आसन अनुसार श्वासप्रश्वासको तरिका बदल्नुपर्ने हुन सक्छ । यदि यसको बारेमा पूर्ण ज्ञान छैन भने आफूलाई जस्तो योगाभ्यासको ज्ञान छ सोही अनुसार गर्नु राम्रो हुन्छ ।

योगको सुरुवात गर्नेहरुको लागि सुझाव

– योगको सुरुवात गर्नेहरूले नियमित धैर्य र दृढताका साथ योगाभ्यास गर्नुपर्छ । यदि शरीरमा लचिलोपन कम छ भने सुरुवातमा अधिकतर आसन गर्नमा कठिनाइ हुन सक्छ । यदि पहिले नै आसन राम्रोसँग गर्न सकिरहेका छैनौं भने पनि यसमा कुनै चिन्ता लिनुपर्दैन ।

–योगको क्रममा शरीरलाई जबरजस्ती मर्काउने र भाँच्ने गर्नुहुन्न

–सुरुवातमा केवल त्यही आसन गर्नुपर्छ जुन सजिलै गर्न सकियोस् । यति कुरामात्रै ध्यान दिनु पर्छ कि हाम्रो श्वास लयबद्ध हुनुपर्छ ।

–सुरुवातमा एउटा आसन सकेपछि केही समय आराम गरेर मात्रै अर्काे आसन सुरु गरौं । यस्तो विश्राम कति समय गर्ने भन्ने शरीरलाई आवश्यकताको आधारमा तय हुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…