चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लियो नरभक्षी बाघ

११ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु महतोलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए । उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।

औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उहाँले जानकारी दिए। कसराको खोरमा बाघलाई राखिएको छ ।

सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

भर्खरै प्रकाशित

M&A Lifecycle Management Software Hosting company

The M&A lifecycle software provider you choose will be an integral part of the deal method, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Supplier

The M&A lifecycle software provider ukuniagency.com you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing discounts…

M&A Lifecycle Management Software Professional

The M&A lifecycle management software provider you choose will probably be an integral part of the deal method, enabling you to concentrate on closing offers…

M&A Lifecycle Management Software Installer

The M&A lifecycle software provider you choose will be an integral part of your deal procedure, enabling you to give attention to closing bargains and…

M&A Lifecycle Management Software Specialist

The M&A lifecycle software provider you choose will probably be an integral part of your deal method, enabling you to concentrate on closing deals and…