अर्घाखाँचीमा पहिरो जाँदा १७ घर बगेे

siddhartha wheel mart

बुटवल, असोज ९ । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भीषण पहिरो जाँदा १७ घर बगेका छन्।

शुक्रबार दिउसो शीतगंगा नगरपालिका वडा नं १२ को कोठिया मैदान, जोख्ले गैरा गाउँमा गएको पहिरोले घर बगाएको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिए।

aawash steels

घरहरु बगेपनि मानवीय क्षति भएको जानकारी आएको छैन। दिउँसोमा पहिरो आएका कारण भागेर ज्यान जोगाएको वडाध्यक्ष गैरेले जानकारी दिए। यी गाउँका अरु एकदर्जनभन्दा बढी घरहरु जोखिममा छन्।

‘अहिले पनि पहाडबाट पहिरो झरिरहेको छ, माथि रहेका घरहरु बगिसके भने अरु केही बग्ने अवस्थामा छन्, उनले घटनास्थलबाट टेलिफोनमा भने-त्यहाँका बासिन्दालाई नजिकैको स्कुलमा ल्याएर राखेका छौं।’

super kinetic courier

घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम थालेको शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले भिरालो ठाउँ भएकाले उद्धारमा पनि कठिनाई आएको बताए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…