पाल्पामा पहिरोले पुरिएर बेपत्ता भएका ५ मध्ये २ महिलाको शव भेटिए

siddhartha wheel mart

पाल्पा, असोज ९ – पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो दुई जना महिलाको शव भेटिएको छ । दुई जनाको शव भेटिए पनि परिचय भने खुलेको छैन ।

बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर ६३ वर्षीय हुमबहादुर गाहा, उहाँका श्रीमती ४७ वर्षीया धनी गाहा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र सात वर्षीया नातिनि लक्ष्मी गाहा बेपत्ता भएका थिए ।

aawash steels

बेपत्तामध्ये शुक्रबार दिउँसो सवा १२ बजे दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो । बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो ।

बिहीबार नै पहिरोले घर पुरिँदा त्यही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं,फाल्गुन २५ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र…

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…