नारायणी नदीको बहावले खतराको विन्दु पार गर्‍यो

siddhartha wheel mart

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो ।

आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । 

aawash steels

त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिए । 

बीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले बताए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ । 

super kinetic courier

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिए । नदीको बहाव बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उनको अनुरोध छ । 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…