पूर्वी नवलपरासीका ८२ जना संक्रमित कोरोनामुक्त

नवलपुर, असोज ८ — पूर्वी नवलपरासीको रजहरस्थित अस्थायी कोरोना अस्पतालमा रहेका ८२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
अस्पतालका निर्देशक डा विनोद पौडेलका अनुसार अस्पतालमा रहेका १ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालमा हालसम्म ५ सय ९९ जना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार गरिएको छ । तीमध्ये ५ सय २७ जना (पटकपटक गरेर ) निको भइसकेका छन् ।
प्राकृतिक चिकित्सा पद्धति अनुसार उपचार गरिने यो चिकित्सालयमा औषधिको प्रयोगबिनै योग, ध्यान र सन्तुलित खानपानको विधि अपनाइन्छ । यहाँको प्राकृतिक चिकित्सालयलाई हाल अस्थायी कोरोना अस्पतालका रुपमा सञ्चालन गरेर संक्रमितको उपचार गरिँदै आएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…