कोरोना संक्रमितको संख्या बढ़े फेरि लकडाउन गर्न सिफारिस

siddhartha wheel mart

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।

aawash steels

मन्त्रालयका तथ्यांकअनुसार बुधबार ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र, सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ ।

यसअघि चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन थियो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो र, भदौ पहिलो साता संक्रमण बढेसँगै धेरै जिल्लामा निषेधाज्ञा थियो ।

super kinetic courier

पछिल्लो समय निशेषज्ञा हटेको छ भने असोज १ गतेबाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान, होटल रेस्टुरेन्ट सबै खुला भएको छ ।

तर संक्रमण नियन्त्रणमा आइसकेको छैन । संक्रमण पिकमा पुग्न बाँकी नै रहेको भन्दै सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्डहरू पालना गर्न आग्रह गर्दै  आएको छ ।

स्वास्थ्य मन्त्रालयको  इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । साथै मापदण्ड पालना भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउन कोभिड-१९ संकट व्यवस्थापन सेन्टरलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…