देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने

८ असोज, काठमाडौं । देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ ।

मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

काठमाडौंमा ६०.५ मिलमिटर वर्षा रेकर्ड भएको मौसमविद मानन्धरले जानकारी दिइन् । अन्य स्थानको अध्यावधिक विवरण भने आउन बाँकी रहेको मौसमविद मानन्धरले बताइन् ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । त्यसैले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…