बुटवल । बलिउड ड्रग्स कनेक्शनमा सबैलाई अचम्मित बनाउने खुलासा भएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोणको च्याट बाहिरिएपछि अब फेरि उड्ता पञ्जावकी प्रोड्यूसरमध्येकी एक मधु मण्टेना वर्माको च्याट बाहिरिएको हो ।
उनले जया शाहसँग ड्रग्स मागिरहेको कुरा च्याटमा खुलेको छ । यो च्याट २२ जून २०२० को हो । जसमा मधुले जयासँग वीडको डिमाण्ड गरेकी छन् । अब मधुसँग सीबीआईले सोधपुछ गर्ने भएको छ ।
ड्रग्स केसमा बलिउड अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत, रिया चक्रवर्ती, नम्रता शिरोडकर समेत अन्य चर्चित कलाकारको नाम जोडिएको छ ।