प्रदेश ५ मा ११५ संक्रमित थपिए, ६०१ जना डिस्चार्ज

६ असोज, बुटवल । प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ११५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लागत रुपमा नवलपरासी पश्चिमका ५४ जना, बाँकेका ३७ जना, रूपन्देहीका ११ जना, पाल्पाका ३ जना, कपिलवस्तु, प्यूठान र रुकुम पूर्वका २–२ जना तथा दाङ र गुल्मीका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार सोमबार थपिएकासँगै प्रदेश ५ मा कुल संक्रमितको संख्या ९ हजार २ सय ९४ पुगेको छ । यो संख्या देशभरको कूल संक्रमितको १४ प्रतिशत हो ।

सोमबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ छ । प्रदेश ५ मा संक्रमितको संख्या १ हजार ८ सय ३१ पुगेको छ । उनीहरु मध्ये २ सय ६१ जनामा लक्षण देखिएको छ । चारवटा कोरोना विशेष अस्पतालमा १४४ जना आइसोलेसनमा, २४ जना आईसीयूमा र ३ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन् । यस्तै १५ सय ३९ जना संक्रमित आइसोलेसन सेन्टरमा रहेका छन् ।

प्रदेश ५ मा आइतबारसम्म १६ सय १२ जना क्वारेन्टिनमा छन् । प्रदेश ५ मा कोरोना संक्रमितको मृत्यु हुने संख्या संख्या ५७ पुगेको छ । प्रदेश ५ मा कुल स्वाब परीक्षणमध्ये ८ प्रतिशतमा संक्रमण देखिएको, ७८ प्रतिशत निको हुने दर रहेको र मृत्युदर ०.६१ प्रतिशत रहेको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

नेपालमा संक्रमित निको हुने दर ७२ प्रतिशत र मृत्यु दर ०.६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलित स्वाब मध्ये ९८ प्रतिशतको रिपोर्ट आइसकेको र २ प्रतिशत अर्थात ३ हजार ४ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…