डोजर दुर्घटना हुदाँँ एकजनाको घटनास्थलमै मृत्यु, ३ जना घाइते

काठमाडौं, ५ असोज । बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बुङ्गल नगरपालिका-१ भिरगडा बस्ने २८ वर्षीय मानबहादुर बोहरा रहेका छन् ।
बुङगल नगरपालिका–१ तल्लोदहमा लु.१ क १२७८ नम्बरको डोजर आइतबार राति सडकबाट करिब ५० मिटर तल खस्दा बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दहबगरस्थित सडकमा फसेको ग.३ च १५६१ नम्बरको जिप निकालेर ऐसेलुबगर जाने क्रममा सडकबाट डोजर खस्दा वडा ९ देउलीकोट बस्ने २४ वर्षीय महेश खडायत लगायत ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…