भिटामिन सी र डीले प्रतिरोधात्मक क्षमता बढाउनु साथै के के मा फाइदा गर्छ त

siddhartha wheel mart

काठमाडौं : शरीरमा भिटामिन डी कम हुँदा संक्रामक रोग लाग्ने सम्भावना बढी हुने गर्छ । सामान्यतः भिटामिन डी र सी कमी भएका व्यक्तिमा प्रतिरोधी क्षमतामा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकाले संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ ।

भिटामिन डी एकदमै कम खाद्यवस्तुमा पाइन्छ । माछा, पनिर, अन्डाको सेतो भागजस्ता खाद्यान्नबाट भिटामिन डी उपलब्ध हुन्छ । यस्तै, सूर्यबाट निस्कने युभी किरणबाट पनि भिटामिन डी उपलब्ध हुन्छ । भिटामिन डीले शरीरमा हाडजोर्नी बलियो बनाउन, सुजन कम गर्न र प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

aawash steels

सामान्यतः शरीरमा भिटामिनको कमी हुँदा सप्लिमेन्ट प्रयोगमा ल्याउने विषयमा निकै भ्रम रहेको पाइन्छ । कतिपय अवस्थामा खाद्यवस्तुबाटै परिपूर्ति गर्न सकिने भिटामिनका लागि पनि सप्लिमेन्ट प्रयोगमा ल्याउँदा स्वास्थ्यका लागि प्रतिकूल मानिँदैन । तर, अधिकांशले आफ्नो शरीरलाई चाहिनेभन्दा बढी सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

पछिल्लो समय बिएमजीले करिब साढे एघार हजारजनामा गरेको अध्ययनअनुसार भिटामिन डीको सप्लिमेन्ट प्रयोग गरिरहेका व्यक्तिमा अन्य व्यक्तिभन्दा संक्रमणको दर न्यून रहेको पाइएको थियो । खासगरी भिटामिन डिफिसियन्सी भएका व्यक्तिहरूका लागि सप्लिमेन्टको प्रयोग निकै प्रभावकारी रहेको पाइयो । दैनिक वा हप्तामा भिटामिन डी सप्लिमेन्ट प्रयोग गर्ने व्यक्तिमा श्वासप्रश्वासको समस्याको जोखिम न्यून रहेको थियो ।

super kinetic courier

प्रतिरोधी क्षमता बलियो बनाइराख्न भिटामिन सीले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पानीमा घुलनशील भिटामिन सी सुन्तला, कागती, ब्रोकाउली, गोलभेँडाजस्ता तरकारीमा उपलब्ध हुन्छ । यो एउटा एन्टिअक्सिडेन्ट हो, जसले प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । विभिन्न अध्ययनअनुसार भिटामिन सी सप्लिमेन्ट लिने वयस्कहरूमा चिसो अर्थात् रुघाखोकीको जोखिम ८ प्रतिशत र बालबालिकामा १४ प्रतिशत कम हुने गर्छ, जुन भिटामिन डी लिने व्यक्तिमा पनि देखिने गर्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…