नवलपरासीमा बढी मूल्यमा प्याज बेचेको अभियोगमा २ लाख ५० हजार जरिवाना

५ असोज , नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे ।

प्याजको कालोबजारी गरेका अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चार र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई गरी रु दुई लाख ६० हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिएका छन् । बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि आज सहायक प्रजिअ माझीका नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको थियो ।

सहायक प्रजिअ माझीका अनुसार केही दिनअघिसम्म प्याज प्रतिकेजी रु ५० मा बिक्री हुने गरेकामा आजकल रु १ सय ३० प्रति केजीसम्म पुगेको थियो । अहिले भने प्रति केजी १ सयसम्म बिक्री हुने गरेको पाइएको छ । प्रतिकेजी रु ४० मा खरीद गरी रु १ सयसम्म विबmी गर्ने गरेको व्यवसायी स्वयंले नै स्वीकार गरेका थिए । अनुगमनका क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेका अवस्थामा रामग्राम–७ को रामग्राम स्टोर्स, रामग्राम–२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र विना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई रु ६० हजारको दरले जरिवाना गरिएको छ । अंश स्टोर्सलाई भने रु २० हजार जरिवाना गरिएको सहायक प्रजिअ माझीले जानकारी दिए ।

अधिकांश पसलमा मूल्यसूची, सूचनापाटी, विभिन्न निकायमा दर्ता नवीकरण गरिएका प्रमाणपत्र, बिलबिजकलगायत कागजपत्र नभएको बताइएको छ । केही पसल विनादर्ता पनि सञ्चालनमा रहेको पाइएको छ । उनीहरुलाई सुझावसहित जरिवाना गरिएको र सात दिनभित्र जरिवाना नबुझाएमा थप कारवाही हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए । व्यवसायीले दोब्बरभन्दा बढी मूल्य लिएर प्याज विबmी गरिरहेको पाइएको बताउँदै पुरानै मौज्दातको प्याज बिक्री गर्दा पनि मनोमानी मूल्य लिइएको जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…