दाङको बंगलाचुली गाउँपालिकाको विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आए

दाङ, असोज ५ : दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्।

गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, नौवटा बाल विकास केन्द्र र एउटा निजी विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको हो। गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार पठन पाठन सुरु भएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी कक्षा ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर सञ्चालन गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९७६ विद्यार्थी रहेका छन्। गाउँपालिकामा जम्मा ७ हजार २५४ जना विद्यार्थीहरु रहेका छन्।

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को गाइडलाइन अनुसार गाउँपालिकाले पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए। लामो समय सम्म लकडाउन भएपछि विद्यार्थीहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठनपाठन सुरु गरिएको उनले बताए।

बंगलाचुलीमा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ती सबै निको भएर डिस्चार्ज भएपछि अहिले संक्रमण शून्य रहेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…