शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन ई–क्यान रुपन्देहीको माग

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई आईतबार ज्ञापन पत्र बुझाउँदै ई–क्यान रुपन्देहीका अध्यक्ष देवबहादुर कुवँरले शैक्षिक परामर्श प्रदान गर्ने व्यबसायीहरु सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र सबै प्रकारको नियमन तथा निर्देशनको पालना गर्न तयार रहेकाले सोही अनुसार व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गर्नुभयो ।

उक्त ज्ञापन पत्रमा शैक्षिक परामर्श प्रदाने गर्ने व्यबसाय अन्य बिद्यालय तथा कलेजहरुमा जस्तो गरी भिडभाड नहुने र बिद्यार्थीलाई भाषा कक्षा समेत अनलाईन माध्यमबाट गरिँदै आएकाले परामर्श, प्रमाणपत्र, सेवा शुल्क, आवश्यक कागजात तथा फारममा हस्ताक्षर गर्नका लागि उपस्थित हुनु पर्ने भएकाले कार्यालय सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गरिएको छ ।

त्यस्तै ज्ञापन पत्रमा कक्षा कोठामा सञ्चालन गर्दै आएको भाषा परिक्षाका तयारी कक्षा समेत अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको र सरकारको अर्को सूचना नआउँदासम्म अनलाईन माध्यमबाटै सञ्चालन गर्ने कुनै समस्या नभएको उल्लेख गरिएको छ ।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले तत्काल आफूले निर्णय गर्न नसक्ने जानकारी गराउँदै केन्द्रले निर्णय गर्यो भने जिल्लाबाट कुनै रोकतोक नगरिने बताउनु भयो । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण शैक्षिक परामर्श प्रदान गर्ने व्यबसाय पनि पूर्णतया बन्द छ । यो व्यबसायलाई पनि यातायात तथा पर्यटन व्यबसायलाई जस्तै अति प्रभावित क्षेत्रमा राखेको छ । शैक्षिक परामर्श प्रदान गर्ने संस्था रुपन्देही जिल्लामा मात्रै सय बढी छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…