बालबालिकालाई सामाजिक सञ्जालमा जोडिरहदा सोच्नुपर्ने कुराहरू

siddhartha wheel mart

काठमाडौं, असोज ४ । जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक गरिरहँदा सोच्नुपर्ने हुन्छ, भोलिका दिनमा यसले कुनै असजिलो त बनाउने होइन ?

यो प्रश्न खासगरी अभिभावकले सोच्नुपर्ने हुन्छ । अहिले धेरै अभिभावक यस्ता छन्, जसले बालबच्चाको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । आफ्नो बालबच्चाको रमाइलो चर्तिकला पोस्ट गर्न र त्यसबाट आउने प्रतिक्रिया हेर्न उत्सुक हुने गर्छन् । यहाँसम्म त ठीकै छ ।

aawash steels

तर, बालबच्चाको तस्विर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा ख्याल गर्नुपर्ने धेरै कुरा छन्, जो अभिभावकले त्यती सावधानी अपनाएको पाइदैन । बच्चाले खाना खाएको, लुगा लगाएको, खेलेको, हाँसेको, छिल्लिएको, ठुस्किएको, नखरा पारेको तस्विर र भिडियो सार्वजनिक गरिरहँदा सोच्नैपर्छ, यस्ता सामाग्रीले भोलिको दिनमा उनलाई कुनै असर त पर्नेछैन ?

अहिले उनीहरु अवोध हुन्छन् । उनीहरुमा परिपक्कता हुँदैन । भोलिको दिनमा जब उीहरु जान्नेबुझ्ने हुन्छन् वा कुनै क्षेत्रमा स्थापित हुन्छन्, त्यसबेला विगतका तस्विर÷भिडियो दुरुपयोग हुनसक्छ । त्यसैले त्यस्ता तस्विर, भिडियो सार्वजनिक गर्नुअघि सोच्नैपर्छ ।

super kinetic courier

बिमार भएको बेला

सोच्नुहोस् त, यदि तपाई बिमार हुनुभएको छ र कसैले तपाईको फोटो खिचेर सामाजिक संजालमा अपलोड गर्छन् भने । बिमार भएको अवस्थामा फोटो खिच्नु राम्रो होइन । यतिबेला बच्चाको अवस्था नाजुक हुन्छ, अनुहार सिथिल हुन्छ । यस्तो दयानिय फोटोले के अर्थ राख्छ ?

अरु बच्चासँगको सामूहिक फोटो

बच्चाहरु आफ्नो साथीसँग खेलिरहेको, कतै बसिरहेको सामूहिक फोटो खिचेर सामाजिक संजालमा राख्नु उचित हुँदैन । किनभने आफ्नो बच्चाको फोटो अपलोड गर्न मन लागेपनि कति अभिभावक त्यस्तो चाहदैनन् । अभिभावकको अनुमति बिना अर्को बच्चाको फोटो अपलोड गर्नु सहि होइन । अर्काको प्राइवेसीको सम्मान गर्नुपर्छ ।

दिसा–पिसाब गरिरहेको अवस्था

जतिसुकै उमेरको किन नहोस्, दिसा–पिसाब गरेको क्षण नितान्त व्यक्तिगत कुरा हुन् । यस्ता कुरा दुनियालाई देखाइरहनु आवश्यक छैन । यस अवस्थाको फोटोले कुनै अर्थ राख्दैन । बरु, बच्चा ठूलो भएपछि जब आफ्नो फोटो देख्छन्, उनीहरुलाई अप्ठ्यारो पर्न सक्छ ।

नुहाएको अवस्थामा

अक्सर आमाबुवाले बच्चालाई नुहाइदिएको फोटो शेयर गर्छन् । तर, यस्तो तस्बिर सार्वजनिक गर्नका लागि होइन । आफ्नो बच्चाको नग्न तस्विर सामाजिक संजालमा शेयर गर्दा त्यसले पछि समस्या निम्त्याउन सक्छ । किनभने यस्तो तस्विर गलत मान्छेको हातमा पर्यो भने प्रविधिको माध्यामबाट दुरुपयोग गर्ने डर हुन्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…