
रुपन्देही, असोज ४ । रुपन्देहीमा सेप्टीट्याङकी भित्र एक बालकको शव फेला परेका छ।
सिद्धार्थ नगरपालिका वार्ड १० दोदगहरीमा बस्ने १० बर्षका बालक सुग्रिम कुर्मी घर नजिकै सेप्टीट्याङकीमा मृत्त अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो हराएका कुर्मीको आज बिहान घरदेखी ४ मिटर टाढा छिमेकीको बन्दै गरेको घरको सेप्टी ट्याङ्कीको पानीमा डुबेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले घटनाकोबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।