काठमाडौं, असोज ३ । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र चार जना पुरुष छन् ।
मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षकी महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका ७६ र ६८ वर्षीष २ महिला, काठमाडौंकी ७६ वर्षकी महिला र मकवानपुरकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ललितपुरका ६० वर्षका पुरुष, काठमाडौंका ७५ वर्षी पुरुष, रुपन्देहीका ६९ र बाँकेका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।
कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।