तीन करोड लिटर पानी हालेर रानीपोखरी ५ वर्षपछि पुनः भरियो

siddhartha wheel mart

३ असोज, काठमाडौं । रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए।

aawash steels

यसअघि डिप बोरिङबाट पानी हालेपछि सम्पदा अभियान्ताले विरोध जनाएका थिए ।

थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

super kinetic courier

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए । पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।

मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए ।

‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ’, थापाले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…