घरको ढोकामा र गाडीमा किन झुन्ड्याइन्छ कागती र खुर्सानी, जानौँ यसको धार्मिक विश्वास

siddhartha wheel mart

काठमाडौं, असोज ३ । हामीले प्रायजसो ढोकामा कागती र खुर्सानी टाँगेको देख्छौं। कसैले घरमा त, कसैले पसलमा यसरी टाँग्ने गरेका हुन्छन् । यसले नराम्रो नजर र नकारात्मक शक्तिबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । तर, यसको वास्तविकता हामीले सोचेको भन्दा फरक छ ।

कागती र खुर्सानीलाई सँगै राखेर ढोकामा टाँग्नुका पछाडि विभिन्न कारणहरु छन् । खासमा वास्तुदोष ठीक गर्नका लागि यो तरिका अपनाइएको हो । साथै वरिपरि सकारात्मक ऊर्जा बनाइराख्न कागतीले मद्दत गर्ने हुनाले पनि यसो गरिएको बताइन्छ ।

aawash steels

कागतीको रुखलाई सकारात्मकताको प्रतिक मान्ने मानिसहरुको भनाइ छ । त्यसैले सबैको घरमा कागतीको रुख सम्भव नभएकाले त्यसरी टाँगिने गरिन्छ । त्यस्तै अर्को कारण कागतीको गन्धले ताजगीको अनुभूति गराउँछ । यसरी कागती टाँग्दा त्यसमा प्वाल पार्नुपर्ने भएकाले उक्त वासनाले सक्रिय बनाइराख्ने मानिसहरु बताउँछन् ।

गाडिमा किन टाँगिन्छ ?
केबल घर र पसलमा मात्र होइन, कतिपय गाडीमा समेत यसरी कागती अनि खुर्सानी टाँगेको देख्न सकिन्छ । यसले दुर्घटनाबाट बचाउँछ भन्ने अन्धविश्वासका कारण यस्तो गरिएको हो । यसको वैज्ञानिक कारण नभएपनि मानिसहरुले धेरै पहिलेबाट यो चलन अपनाउदै आएका छन् ।

super kinetic courier

कहिले र कसरी टाँग्ने ?
यसलाई टाँग्दा कागतीलाई सबैभन्दा तल र त्यसमाथि खुर्सानी राख्ने चलन छ । यसलाई विशेषगरी मंगलबार र शनिबारका दिन टाँग्ने गरिन्छ र हरेक हप्ता बद्लिन्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…