काठमाडौं, असोज १ । चितवनमा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टि भएको हो।
संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन्। त्यस्तै २४ जना अन्य जिल्लाका छन्।