युट्युबले भारतमा टिकटकजस्तै भिडियो एप ल्याउँदै

युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् ।

गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो एपको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा प्रतिबन्ध लागेसँगै अहिले धेरै स्थानीय कम्पनीले टिकटकको स्थान लिन प्रयास गरिरहेका छन् । अब उनीहरुको प्रतिस्पर्धा युट्युबसँग हुनेछ ।

एक ब्लग पोस्टमा युट्युबका प्रोडक्ट म्यानेजमेन्टका उपाध्यक्ष क्रिस जेफले भनेका छन्, ‘युट्युब सर्ट्स मोबाइल फोनबाट छोटो र आकर्षक भिडियो बनाउन चाहने प्रयोगकर्ताको लागि हुनेछ ।’

यो नयाँ प्लेटर्फममा मल्टिसेगमेन्ट क्यामेरा पनि हुनेछ, जसबाट धेरै भिडियो क्लिप्सलाई जोडेर नयाँ भिडियो बनाउन सकिन्छ । यसमा स्पिड कन्ट्रोल पनि हुनेछ, एक टाइमर र काउन्टडाउन पनि राखिएको छ, जसको कारण हातको सहयोग विना नै भिडियो रेकर्ड गर्न सकिन्छ ।

जेफले सर्ट्स राम्रो हुँदै गएको र नयाँ फिचर राखिएसँगै यसलाई अन्य बजारमा पनि सार्वजनिक गरिने बताएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…